बैशाख १७, २०८१ सोमबार Tue Apr 30 2024

देशभरिका ७४ जनालाई उछिन्दै ज्योति प्रकाश बने नेपालकै उत्कृष्ट आधुनिक संगीतकार



काठमाडाैं । रेडियो नेपालले ७४ औं वार्षिक उत्सवको अवसरका आयोजना गरको आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भएका छन् ।

आधुनिक संगीत विधामा देशभरका ७४ जना संगीकारहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितामा सबैलाई उछिन्दै ज्योति प्रकाश प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

सुमी सिंहले लेखेको ‘भन्नलाई त सजिलो छ’ भन्ने बोलको गीतमा संगीत भरेका ज्योतिले प्रतियोगितामा गीत आफैँ गाएर सुनाएका थिए ।

प्रथम भएका ज्योतिलाई सूचना संचार तथा प्रविधिमन्त्री रेखा शर्माले नगद पुरस्कार २५ हजार र प्रमाणपत्रले सम्मान गरेकी थिइन् ।

चित्रकलामा विद्यावारिधि गर्दै गरेका ज्योति प्रकाश आधुनिक विधाको गायन तथा शब्द लेखनमा पनि उत्तिकै दख्खल राख्छन् । ज्योति प्रकाश चर्चित चित्रकार समेत हुन ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ५३ बजे