बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

गाईजात्रा पर्व नजिकिएसँगै ‘बेहालै बेहाल’ बजारमा सार्वजनिक



काठमाडौ । गाईजात्रा पर्व नजिकिरहेको बेला नेपालमा गाईजात्राका अडियो, भिडियो सामाग्रीहरु सार्वजनिक भइरहेका छन्

सल्यानका हास्यकलाकार कुल बहादुर वलीले पनि भर्खरै मात्र बेहालै बेहाल नामक एक गाइजात्रे भिडियो बजारमा ल्यायका छ्न् । राजनीति, कृषि, विकास, सडकदेखि सामाजिक सञ्जाललगायतका विषय समेटेको उक्त भिडियोमा प्यारोडि गित पनि समेटिएको वलीले बताए ।

यादब देबकोटा ‘सरापे’को समेत अभिनय रहेको सो मौलिक गाईजात्रा बेहालै बेहाल २०८०, खष भाषा टिभी युटुब च्यानलमा आएको हो । नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिफिल्म भद्रगोलका कलाकारसमेत रहेका वलीले अघिल्लो बर्ष पनि गाइजात्रे भिडियो बजारमा ल्याएका थिए । यसपालि पनि आफू निकै आशावादी उनका भनाइ छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ०२ बजे