बैशाख १७, २०८१ सोमबार Tue Apr 30 2024

प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रमको सुभारम्भ गरेको छ



काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको उद्धेश्य अनुरुप सेवा प्रवाह गर्न निर्देशन गर्दै गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले एक कार्यक्रमका विच स्वास्थ्य सामाग्रीहरु सहितको झोला हस्तान्तरण गर्नु भएको थियो ।

जेष्ठ नागरिक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्नका लागि गाउँकार्यपालिकाले पौष ४ गते कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० पारित गरे पछि त्यसको सम्पूर्ण तयारी गरी सेवा प्रवाह गर्न लागिएको गाउँपालिका अध्यक्ष यादवको भनाई रहेको छ ।
८० बर्ष माथिका ४ सय १२ जना जेष्ठ नागरिक र ८ सय २५ जना अपाङ्गहरु गरी १ हजार २ सय ७३ जनाबाट सेवा शुरु गर्न लागिएको प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष कुमार मुरावले बताउनु भएको छ ।
जेष्ठ नागरीक तथा अपाङ्गहरुका घर घरमा नै पुगेर तोकिएको फारम भरी बर्षमा ३ पटक स्वास्थ्य चेकजाँच गर्ने गरी लागु गरीएको जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रमका लागि यस बर्ष ४ लाख रकम विनियोजन गरीएको पालिका अध्यक्ष यादवले बताउनु भएको छ ।

प्रेसर,सुगर,ब्लड चेकजाँच,पाचनप्रणाली चेकजाँच, घाउँहरुको ड्रेसीङ्ग,ज्वरो,खोकी, लगाएतका १३ बढी रोगहरुको प्राथामिक उपचारका लागि जाने स्वास्थ्यकर्मीका लागी पनि पालिकाले छुट्टै रकम दिने व्यवस्था गरेको प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले जानकारी गराउनु भएको छ ।

फरक प्रसंगमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले नेपाल सरकारले ल्याएको एक पालिका एक अस्पतालको निति स्थानीय सरकारहरुलाई फलामको चिउरा भएको बताउनु भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : १६ बजे