१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

अख्तियारको ध्यान स्थानीय सरकारको फाइलमा



काठमाडौं । स्थानीय सरकारको भ्रष्टाचारको फाइल अख्तियारले पछिल्लो समय निकालिरहेको छ । त्यसै क्रमको भ्रष्टाचारको फाइल हो कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत गरी पाँचजनाविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन नगर प्रमुख पासवान,निमित्त प्रमुख प्रशासकी अधिकृतद्वय मण्डल, बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार

महतोविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरी  घिमिरेले  अदालतको आदेशविपरीत प्रशासनिक भवन बनाउनका लागि बोलपत्र आह्वानको निर्णय गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले तत्कालीन नगर प्रमुख पासमान र प्रमुख प्रशासनिक अधिकृत मण्डलविरुद्ध १ करोड ८ लाख रुपैयाँ माग गर्दै आरोप पत्र दायर गरेको जानकारी दिए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : ३० बजे