चैत्र २७, २०८१ बुधबार Wed Apr 9 2025

बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको आगलागीलाई प्रदेश सरकारको ५० लाख आर्थिक सहयोग

काठमाडौं । सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा हिजो मंगलबार बेलुकी भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई पचास लाख…