बैशाख २४, २०८१ सोमबार Mon May 6 2024

आफ्नै गोजिको खर्च गरेरै उपनिर्वाचनका सामान ढुवानी गर्दै मतदान अधिकृतहरु



काठमाडौं । इलामको चुलाचुली गाउँपालिका -६ मा भोलि (बैशाख १५मा) हुने उपनिर्वाचनका लागि सामान ढुवानी गर्न मात्रै १६ हजार खर्च भयो। तर, त्यहाँ सामान ढुवानीका लागि मतदान अधिकृतले खर्च गर्न पाउने रकम नौ हजार मात्रै हो । 

इलाम क्षेत्र नम्बर- २ मा भोलि प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । १५ गते साँझै जिल्लाभरबाट मतपेटीका संकलन गर्नेगरी सुरक्षा निकाय मतदान स्थलमा पुगेका छन् । तर अव्यहारिक खर्च वितरणको कारणले दुर्गम क्षेत्रका मतदान स्थलमा व्यवस्थापनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतले आफ्नै गोजीको खर्च गर्ने अवस्था रहेको चुलाचुली गाउँपालिका -६ को मिक्लाचोङ्ग माविमा रहेको मतदान केन्द्रका मतदान अधिकृत मातृका प्रसाद दहालले बताए । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ११ : ४७ बजे