बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

गौमुखी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न



प्युठान । प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले आयोजना गरेको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९०२ जना बिरामीहरुले स्वास्थ्य सेवा लिनुभएको पालिकाले जानकारी दिएको छ । करिब ५२ जनालाई काठमाडौं स्थित काठमाडौ मेडिकल कलेज सिनामंगलले निशुल्क शल्यक्रियाका लागि प्रतिबद्धता व्यक्त गरेको छ समेत जानकारी गराएको छ ।निशुल्क स्वास्थ्य शिविर सफल पार्न योगदान पुर्याउने काठमाडौं मेडिकल कलेजका १३ जना विशेषज्ञ डाक्टर र व्यबस्थापन टिम ,समन्वयकारी भुमिका निर्वाह गर्ने प्रदेश माननीय नीमा गिरी र स्वास्थ्य कार्यालय प्युठान तथा अहोरात्र खट्ने सबै कर्मचारीहरु एवं समस्त सहयोगीहरुमा धन्यवाद पालिकाले दिएको छ ।

साथै पालिकाले जनमुखी काम गरेर नागरिकको मनमा स्थानीय सरकार भएको अनुभुती दिलाएको स्थानीयको भनाइ रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४१ बजे