बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

मोहन्याल गाउँपालिका न्यायिक समितिको एक हप्ते तालिम जारी



काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका आफैमा चर्चामा आइरहने पालिका हो । यसकारण कि कहिले स्थायी कार्यालय नहुदा कहिले बजेट पास नहुदा । अहिले चाहिँ न्यायिक समितिको एक साता चल्ने तालिमको कुरा गरम।

न्यायिक समितिको आयोजनामा कैलालिको सुखड स्थित एक होटलमा प्रत्येक पालिकाका ४ जनाको उपस्थिति गरि करिव ४० जना सम्मिलित तालिम चलिरहेको छ। गत आर्थिक बर्ष जम्मा ७% मुल्यांकन भएको र यो बर्ष ९०% गर्न गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले न्यायिक समितिलाई अनुरोध गरेका छ्न ।

न्यायिक समिति सयोजक पालिका उपाध्यक्ष कमल साउद को सयोजन र उजुरी प्रशासन शाखा प्रमुख रतन माझीको नेतृत्वमा आज तेस्रो दिन तालिम चलिरहेको छ । तालिममा कसरी नागरिकलाई न्याय दिलाउने लगायतका विषयमाथि छलफल चलिरहेको एक तालिममा सहभागीले बताए ।

तालिमको प्रशिक्षणकर्ता अधिवक्ताहरु गणेश कडायत र रोहित देउवा रहेका न्यायिक समितिले जानकारी गराएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : १९ बजे