बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

चर्चित युट्यूबर मनोज मानव कारागार चलान



काठमाडौं । चर्चित युट्यूबर मनोज मानव कारागार चलान भएका छन् । पछिल्लो समय सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई करिव २५ दिन अघि पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

मनोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो ।

यसअघि चर्चित समाचार शोभा पाठकले उजुरी गरेकि थिइन ।त्यो समय २६ दिनमा धरौटीमा छुटेका थिए । शोभा पाठकले हालै महेश बस्नेतले ज्यानमार्ने धम्की दिएको बताउदै आएकी छ्न ।

अपराधमा सामान्यतया आरोपीहरु धरौटीमा छुट्ने गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : २० बजे