बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

गायिका समीक्षा र सुजताको ‘तीजमा नाच्न हिँडिन्छ’ गीत सार्वजनिक



काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा त्यससँग सम्बन्धित विभिन्न गीतहरु पनि सांगीतिक बजारमा आएका छन् । त्यसै मेसोमा गायिका समीक्षा अधिकारी र सुजनता केसीको ‘तीजमा नाच्न हिडिन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।

समीक्षा अधिकारी र सुजता केसीको स्वरमा तीज गीत सार्वजनिक गरिएको छ। गायिका सुजता केसीको युट्युब च्यानलमार्फत ‘तीजमा नाच्न हिँडिन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतको भिडिओमा समीक्षा अधिकारी, सुजता केसी, पुष्प खड्का र किरण केसी फिचर्डमा छन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदेले गरेका छन् ।

शिलन लम्सालको सम्पादन रहेको गीतमा नवराज उप्रेतीले छायांकन गरेका छन् । गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  १२ : २० बजे