बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

देवदह नगरपालिकामा वडाध्यक्षले गरे प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला



काठमाडौं । एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै  देवदह नगरपालिकाका-७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

नेपाली कांग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा ताला लगाएका हुन । नगरपालिकामा मेयर र प्रशासकीय प्रमुखको मिलेमतोमा अपारदर्शी निर्णय भएको भन्दै वडाध्यक्षहरु विरोधमा उत्रिएका हुन् ।

सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमानेको, शिक्षक तथा कर्मचारी नियुक्ति अपारदर्शी भएको, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगराएको खेलकुदमा हिनामिना उपभोक्ता समितिमा मनोमानी गरेको पनि वडाध्यक्षहरुले बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : ५७ बजे