बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

खेलप्रेमी वडा अध्यक्ष ओलिको प्रतिबद्धता



काठमाडौं । कैलालीकाे लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको क्योकुशशिन कराते डो. संघ ब्रज खेललाई अगाडी बढाउनकाे लागी लम्कीचुहा नगरपालिका वडा नं २ काे कार्यालयले खेलाडीलाई एक अनौपचारिक कार्यक्रमका विच ड्रेस स्वरूप सहयाेग गरेको छ।

यो खेल खेल्न ईच्छुक खेलाडीहरुले वडा नं २ को कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

साथै जुनसुकै खेलमा रुचि भएका तर कुनै खेलकुद का सामग्री वा अन्य समस्यामा परेका खेलप्रेमीहरुलाई सहज वातावरण बनाउन वडा कार्यालय एकदम अग्रसर रहने खेलप्रेमी वडा अध्यक्ष सन्तोश ओलिले जानकारी गराए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५० बजे