बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

स्थानीय सरकारलाई जनसंख्याको आधारमा बजेट होस : खानेपानी मन्त्री यादव



काठमाडौं। नेपाल सरकारका खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय सरकारमा बजेट विनियोजन हुनुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय सहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए। उनले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ? भन्नेकुरामा काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय सरकार नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए।

उनले संघ सरकारले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताए। अध्यक्ष ढुंगानाले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्नु नहुने पनि बताए।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ०० बजे