कैलाली ।कैलाली जिल्लाको चुरे गाउँपालिका मोहन्याल गाउँपालिकाको वडा स्तरीय खेलकुद कार्यक्रम वडा न ६ मा एक दिने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय रहनुभएको थियो । अन्य अतिथिमा सबै राजनीति दलका नेता सहित समाजसेवी,शिक्षक प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमको सभापतित्व वडा न: ६ का अध्यक्ष कृष्ण शाही रहनुभएको थियो ।
कार्यक्रममा ६ नम्बर वडाका सातै वटा विधालयको सहभागी रहेको थियो । आजै एक दिने खेलकुद कार्यक्रम समापन भएको वडा न :६ का कर्मचारी केशव बज्गाईले जानकारी गराए ।