बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

मन्त्री किराँती माथी दर्जनौं आरोप लगाए सासद मनिष झाले



काठमाडौं ।एक कार्यक्रममा धर्ममाथिको प्रहार गर्दै बोलेका सस्कृती तथा पर्यटन मन्त्री सुदन किराँती माथी सामाजिक संजाल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सासद मनिष झाले ट्विटरमा लामो पोस्ट गर्दै आरोप लगाएका छ्न । झाको बिस्तृत स्टाट्स जस्ताको तस्तै

सुदन किराँतीको धर्म र संविधान सम्बन्धित अभिव्यक्ति स्तरहीन र खेदजनक छ।
१) विमानस्थलमा करोडौँको घोटाला, बोलेनन्।
२) ध्वजावाहक विमानमा भ्रष्टाचार, बोलेनन्।
३) अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन लुकाउने दराज, बोलेनन्।
४) ३१ जनालाई छाडेर ध्वजावाहक उडे, बोलेनन्।
५) जानकी मन्दिरको टायल र बत्तीमा भ्रष्टाचार वारे धेरै पटक सोधे, बोलेनन।
६) गुठीको सम्पत्ति सबै मिलेर लुट्दैछन, बोलेनन।
७) EU ले लगाएको Blacklist वारे, बोलेनन।
८) भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनुको कारणवारे सोधे, बोलेनन।
९) जानकी मन्दिर विस्वसम्पदा सूचीमा कहिले पर्छ? सोधेको, बोलेनन।

९) जानकी मन्दिर विस्वसम्पदा सूचीमा कहिले पर्छ? सोधेको, बोलेनन।
१०) TIA मा ब्याग फोर्छ, सामान चोर्छ, गलत ब्यबहार गर्छ। किन कारबाही नगरेको? बोलेनन।
अनी एक धर्मको प्रचार गर्दै बोल्दै हिँड्न पो मन्त्री बनेको? यो ब्यबहार खेदजनक छ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ३ : ३९ बजे