बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

नेपाल पुलिस क्लब फाइनलमा प्रवेश



काठमाडौं । नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उक्त खेलको प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक सत्रुघन चौधरी घोषित भए । उनलाई आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पङ्कज श्रेष्ठले रु १० हजार पुरस्कार प्रदान गरे ।पुलिस क्लबले फाइनलमा आज हुने सङ्कटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग सामना गर्ने छ । प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारतको कोलकाता क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् ।वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उपाधि विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ०० बजे