बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न



काठमाडौ। स्वास्थ्य क्षेत्रमा ‘दीगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ मनामक मूल नाराका साथ २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। नेपालमा २००५ सालमा २७ जिल्लाबाट शरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु हाल देशभरमा ५१ हजार ४ सय २३ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले टेकुमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् ।

उनले स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा। अनुप बास्तोलाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि समय सापेक्ष स्वास्थ्य सेवा अझ प्रभावकारी र वैज्ञानिक बनाउनुपर्छ यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाले खेलेका भूमिका सह्रानीय रहेको बताए ।

कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले घरघरमा स्वास्थ्य सुचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम सेविकाले पहिलो लहरमा रहेर पुर्‍याएको बताइन्। उनले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गर्दै आफ्नो धारणा राखिन् ।

उनले महिला स्वास्थ्य स्वयंसेवक गीता थिङले हामीलाई अन्याय भएको छ २० वर्ष पहिला बिदाइ गर्दा २० हजार दिने निर्णय भएको आजको परिवर्तित अवस्थामा पनि त्यही छ । विदेशीलाई सुनाउँदा छक्क पर्छन् । बिदाइमा दिने २० हजारलाई बढाएर १ लाख पुर्‍याउन सुझाइन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ३१ बजे