बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा विशेष दिइने



पोखरा । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलमा छुट सुविधा पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकको भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवासँगै थप सेवा दिने उद्देश्यले कास्की मोडेल हस्पिटलसँग छुट सुविधा दिनेसम्बन्धी सम्झौता गरेको हो ।

सो सम्झौता पश्चात् बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखराको न्यूरोडमा स्थित कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा १० प्रतिशतसम्म छुट पाउने छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ५ : १५ बजे