२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

सेवा बिक्री नगरी बिल बेच्ने ध्रुव देवलाई १ अर्ब जरिवाना



काठमाडौं । सामान खरिद गरेपछि बिल प्राप्त गर्नु त सामान्य प्रक्रिया नै हो । तर, ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवले भने बिल मात्र बेच्ने गरेको खुलेको छ ।

वस्तु तथा सेवा बिक्री नगरी बिल मात्र बेच्ने गरेका उनीविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।


विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा देवविरुद्ध बिगो र जरिवाना गरी १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुलउपर गर्न माग गरेर सोमबार अभियोगपत्र दायर भएको हो ।

‘विभागमा उजुरी प्राप्त भएपछि हामीले मंसिर दोस्रो हप्ता देखि यो विषयमा अनुसन्धान गरेका थियौं,’ यस घटनाका अनुसन्धान अधिकृत नवराज अधिकारीले भने,‘बिल दिने र त्यसबापत कमिसने लिएको अवस्थामा भेटिएपछि हामीले थप अनुसन्धान गरेर मुद्दा दायर गरेको हौं ।’

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ५५ बजे