१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

एनआरएनए पोर्चुगलले आगलागी पिडित नेपालीहरुलाई राहत वितरण



पोर्चुगल ।  पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोर्चुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ । 

एनआरएनए पोर्चुगलका अध्यक्ष  दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा नगरपालिकाको फतका स्थित बिफ्रुट कम्पनिका आगलागी पिडित १६ जना नेपालिहरुलाई राहत वितरण गरिएको हो ।

प्रवासमा पनि नेपाली अभिभावक रहेछ भन्ने आभास भएको गुल्मिका लोकु सेन बताउछन । राहत बितरणमा एनआरएनए राष्ट्रिय समन्वय समितिका केन्द्रीय सचिब तिलक गैरे ,आइसिसी सदस्य राजकुमार गुरुङ्ग , उपाध्यक्ष द्वय निर्पेश गिरि, सुदन निउरे, महासचिव गोबिन्द बुढाथोकी , सदस्यहरू बिनोद के सि हरि देवकोटा लगायतको उपस्थिती रहेको पत्रकार दिपक भण्डारीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १ : ०३ बजे