१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

सिटिजन्स बैंकको सीईओमा पुनः पोखरेल



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फेरि गणेशराज पोख्रेललाई प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।

बुधवार बसेको बैंकको ४१औँ सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोख्रेललाई कार्यकारी अधिकृत ९सीईओ० चयन गरेको हो । उनी आगामी ४ वर्षको कार्यकालका लागि प्रमुखमा पुनः नियुक्त भएका छन् ।

पोखरेल २०६५ साल देखिनै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् ।

आफ्नो कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : २५ बजे