चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

ग्लोबल आईएमई बैंकको १६ औं वार्षिकोत्सव सम्पन्न



काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले १६ औं वार्षिकोत्सव मनाएको छ । बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान थालेको थियो । यस अभियानअन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी एक सातासम्म महिलाहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीसम्बन्धी रोगहरु पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले सेवा लिएका छन् । यस्ता स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा रहेका, स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुलाई सहयोग पुग्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : २८ बजे