१२ जेष्ठ २०८३, मंगलबार Tue May 26 2026

राष्ट्र बैंकद्वारा ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । बिहिबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

साधारणसभाबाट पारित गरेको नामबाट भने ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले एकीकृत कारोबार गर्न नपाउने भएका छन् । दुवै बैंकको साधारणसभाले मर्जरपछि बन्ने बैंकको नाम ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ रहने प्रस्ताव पारित गरेका थिए । तर, राष्ट्र बैंकले उक्त नाममा बैंक शब्द नभएको भन्दै नयाँ नाममा ल्याउन भनेपछि दुवै बैंकको संयुक्त मर्जर कमिटीले ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ३ : ३१ बजे