चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार पिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ३८ बजे