बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

नबिल बैंकको पुस २९ गते साधारण सभा गर्दै



काठमाडौँ । नबिल बैंकले आफ्नो ३८ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभा पुस २९ गते हुने भएकोे छ । सभामा बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वित्तीय विवरण र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्नेछ ।

त्यसैगरी सभाले बैंकको सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ११.५० प्रतिशत दरले हुन आउने २ अर्ब ६२ करोड ५७ लाख ८४ हजार ४९२.६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । त्यस्तै संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ३ जनाको निर्वाचन गर्ने र बैंकको अधिकृत पूँजी वृद्धि गरी २८ अर्ब रूपैयाँ पुर्याइनेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १८।५० प्रतिशत अर्थात् ४ अर्ब २२ करोड ४० लाख ८८ हजार ९६.९२ रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : २७ बजे