चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘द डालो रेष्ट्रो’मा छुट पाउने



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले आकर्षक छुट पाउने भएको छ । बैंकका ग्राहकलाई बसुन्धराको ‘द डालो रेष्ट्रो’मा छुट दिने भएको छ ।

बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : २६ बजे