चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सुनको मुल्यमा ४०० रुपैँयाले वृद्धि



काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ ।

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ४८ बजे