चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

महालक्ष्मी विकास र्बैकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकका विभिन्न शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत कार्यक्रमहरु गरेका हुन् । उक्त कार्यक्रमअन्तर्गत बैंकको थापाथली शाखाले त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिबिहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरूको लागि ब्रेल पुस्तक तयार गर्न १८ सय ७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ।

दृष्टिबिहिनहरूको संरक्षण गर्दै उनीहरूको स्वास्थ्य र शिक्षामा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरूको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको बताएको छ।

त्यस्तै, बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखि गणेश मुर्ती स्थापनाको लागि ५० हजार रूपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले उक्त आर्थिक सहयोग प्रदान गरेको बैंकको भनाइ छ।

यसैगरी, बैंकको ठुटिपिपल शाखाले ओमसत्तिया गाँउपालिका वडा नं १, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ, ढिके पिङ लगायतका सामाग्री हस्तान्तरण गरेको बताएको छ।

मनोरञ्जनका गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउने भएकाले बैंकले बाल उद्यानका लागि सामाग्री हस्तान्तरण गरेको बैंकले बताएको छ।

त्यस्तै, बैंकको रुकुम शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबल निर्माण गरी हस्तान्तरण गरेको छ।

प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले मिटिङ टेबल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ४८ बजे