काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएकी छन् । संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु यस्तै काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताएकी हुन् । ‘हामी काठमाडौँ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा नागरिकले राँको बालेर खेदाउँछन्…