बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

सरकारले किसानलाई झुलाएको सांसद गगन थापाको आरोप



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले किसानलाई झुलाउने काम गरिरहेकोे आरोप लगाएका छन् । सरकारले साना किसानले दिने बाचा गरेको क्षतिपूर्ति उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराएका छन्

। प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले अहिले सयौं किसानहरु कृषि मन्त्रालयमा धाएर रोइ कराई गरिरहेको भन्दै अझै पनि सरकारले किसानलाई राहत दिन नसकेको बताएका छन् ।

उनले भने, बैंकबाट ऋण लिएर चलाइएका कुखुरा फार्म बर्डफ्लुको कारण देखाउँदै नष्ट गरियो । तर सरकारले किसानलाई दिनुपर्ने क्षतिपूर्ति ५८ करोड अझैसम्म नदिएको उनले बताए ।

‘किसानहरुले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन सरकार झुलाउँछ । बैंकले उनीहरुलाई समाउँछ ।

सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगरुञ्जेल कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउने समिति बनाउने कि सरकारले निर्णय गरेको रकम दिने हो ः’ थापाले प्रश्न गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ३५ बजे