बैशाख २०, २०८१ बिहिबार Thu May 2 2024

माओवादीको ११ बजे बस्ने भनिएको बैठक ४ बजेका लागि स-यो



काठमाडौँ । ११ बजेलाई बोलाएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक ५ घण्टाका लागि पछि सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको माओवादीका एक नेताले जानकारी दिए ।

‘ बिहान ११ बजेका लागि तय भएको सो बैठक दिउँसो ४ बजेका दागि तय भएको स्रोतले जनाएको छ । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको कार्यव्यस्थताका साथ बिहान ११ बजे बस्ने भनेको सो बैठक सरेको माओवादीका एक नेतालेृ जानकारी दिए ।

आज बस्न लागेको माओवादीमा बैठकमा तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णयमा पुग्ने समेत । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विविध विषयमा निर्णय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ५७ बजे