जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

आत्माहत्या समाधानका लागि सरकार लागि पर्नुपर्छ : सांसद अम्बिका



काठमाडौं । नेपाली कांग्रेसका सांसद अम्बिका बस्नेतले नेपालमा आत्माहत्यका घटनाहरु बढेकाले समयमा नै यसको समाधानका लागि सरकार लागि पर्न आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभामा बोल्दै उनले आगामी दिनमा प्रेमप्रसादको जस्तो अवस्था सिर्जना नेपालमा नहोस भन्ने कामना गरिन् । सांसद् अम्बिकाले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छिन् । त्यस्तै उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा मङ्गलवार राती भएको भीषण आगलागीमा करोडौँ क्षति भएको र दमकल समयमा नपुगेको गुनासो पनि गरिन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : १३ बजे