बैशाख २०, २०८१ बिहिबार Fri May 3 2024

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताए । माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ११ : ०३ बजे