३ कार्तिक २०८३, सोमबार Mon Oct 19 2026

सुनको मूल्यमा वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। जसअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

बुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : ०६ बजे