१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

प्रभु बैंक र उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता सहयोग सम्झौता



काठमाडौं । प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तरगतको सहयोग सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहूँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्न युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको संचालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : १८ बजे