९ श्रावण २०८३, शनिबार Sun Jul 26 2026

नबिल बैंकले ल्यायो, ‘सस्टेनेबल हाउजिङ’ कर्जा योजना



काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर ‘‘सस्टेनेबल हाउजिङ’ कर्जा योजना ल्याएको छ।

बैंकले एक प्रतिशत वा सात वर्षको लागि १० दशमलब ४९ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउने भएको छ। यो कर्जाको अवधि २० वर्षको हुनेछ। यो कर्जा लिने ऋणीले क्रेडिट कार्ड पनि निःशुल्क पाउने छन् ।

कर्जा रकम न्यूनतम ७ लाख र अधिकतममा ५ करोड रुपैयाँ लिन पाउने छन् । यसमा थप कर्जा आवश्यक परे १ करोड रुपैयाँसम्म दिने बैंकले जनाएको छ ।

सात वर्षपछि आधारदर पछिको ब्याज पनि परिवर्तन हुनेछ। क्रेडिट कार्डको लिमिट २ लाख रुपैयाँ हुनेछ।

सो कर्जा लिनेले घर बनाउँदा कम ऊर्जा प्रयोग हुने सामग्री वा ऊर्जा प्रयोग गरेको हुनुपर्नेछ। त्यस्तै घर बनाउँदा नवीकरण ऊर्जाको पनि प्रयोग, वर्खाको पानी प्रयोग, फोहर व्यवस्थापन गरेको हुनुपर्नेलगायतका मापदण्डहरु रहेका छन् ।

नबिल बैंकले यो कर्जा योजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र स्मार्ट पानीसँगको सहकार्यमा ल्याएमने हो।

एकै प्रकारका ऋणीलाई मात्र नभइ सबै सरोकारवालालाई समेटेर कर्जा लगानी गर्न लागेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : ४७ बजे