१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

आईएमई लिमिटेडको आइपीओ आउँदै



काठमाडौं । आईएमई लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यसैक्रममा कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा मंगलबार आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आईएमईले आफ्नो १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको हो । आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको रुपमा काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भइसकेको छ। आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : ४५ बजे