२८ असार २०८३, आइतबार Sun Jul 12 2026

बलात्कार आरोप लागेका रास्वपा सभापति पक्राउ



काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बलात्कार आरोपमा पक्राउ परेका छन्। 

लिखुपिके गाउँपालिका २ का बासिन्दा समेत रहेका रास्वपा गाउँ सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो।

बलात्कारको आरोप लागेपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ। 

बलात्कारको आरोप लागेपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले दिएको जानकारी अनुसार  बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप छ।

२०८१ साल साउन ६ गतेको उक्त घटनापछि उनी फरार थिए। करिव १ वर्ष पछि पक्राउ भएकाले एक हप्ताको म्याद थपिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : २६ बजे