काठमाडौं । कृषि विकास बैंक लगनखेल ललितपुरमा ११ वर्ष अगाडि घटेको एउटा घटनाको कारण केही निर्दाेष कर्मचारीहरुले हालसम्म पनि दुख पाइरहेको देखिन्छ ।
एक ठेकेदारकाे गुप्त याेजना र बैंकका २ जना सामान्य कर्मचारीहरुकाे मिलेमतोमा करिब सवा तीन कराेड बराबरको २ वटा जमानत वेरितसँग जारी भएको सन्दर्भमा त्यहाँका दुई निर्दाेष कर्मचारीहरुले समेत अनावश्यक दु:ख पाएका छन् ।एक स्रोतका अनुसार भारतीय सहयोगमा सिन्धुपाल्चोक देखि जिरी सम्मकाे पक्की सडक निर्माण गर्ने ठेक्कामा सम्झौता गर्नका लागि आवश्यक कार्य सम्पादन जमानत बनाउन बैंकबाट अबैध ढंगले नक्कली बैंक जमानत बनेपछि याे विषय CIB मार्फत उच्च अदालत पाटन समक्ष पुगेको थियो ।
२०७१ जेठ २१ गते बैंकका जमानत ग्राहक धर्मराज भण्डारीले बैंकका सहायक स्तरका कर्मचारीलाई प्रभावमा पारि अनाधिकृत ढंगले यि कागजातहरु गाेप्य रुपले बनाएका थिए । उक्त सडक निमार्ण गर्न भारत र नेपाल दुई तर्फका निमार्ण व्यवसायी हुनुपर्ने अनिवार्य प्रावधान थियोे साेहि अनुरुप भारतीय ठेकेदार ब्रहमपुत्र इन्फ्रास्ट्रक्चर लि. र नेपाली ठेकेदार सुनाैलाे खिम्ती कन्ट्रक्सन प्रा.लिले ठेक्का पारेका थिए । त्यसैले दुवै कम्पनीकाे J.V मा आवश्यक बैंक जमानत पत्रहरु कृषि विकास बैंक लगनखेलमा कुनै अभिलेख नराखी उल्लेखित जमानतकाे कागजात नक्कली बनेपछि साे बदमासी बाहिरिएकाे थियोे।
ठेकेदार धर्मराज भण्डारीले कार्यलयका सहायक ताराप्रसाद काफ्ले र ऋण अधिकृत फुरनाम्गेल शेर्पालाई हात लिई याे अवैध काम गराउन सफल भएका थिए । लगत्तै यि दुवै कर्मचारी सरुवा भएको कार्यालयतर्फ रमाना लिई हिडेकाे कारण याे घटना लामो समयसम्म गुपचुप रहयाे ।
यसरी बाहिरिएको थियोे घटना :
उल्लेखित घटना भएको करिब डेढ महिना पछि भारतीय नम्बरबाट कार्यालयमा एउटा फाेन आयो । फाेन गर्ने व्यक्ति थिए ब्रह्रमपुत्र इन्फ्रास्ट्रक्यर लि. का प्रतिनिधि ।उनलेे एक जना थापा थरका अधिकृतलाई खाेजेका थिए । फाेन रिसिभ गरे कर्जा फाँटका प्रमुख उमेश रानाले र थापालाई फाेन हस्तान्तरण गरिदिए । उनीहरू बिच कुनै जमानत पत्र र साे काे कन्फरमेशन बारे लामाे वार्तालाप हुँदा घटनावारे केही कुराहरू थाहा भयो । अधिकृत रानाले याे अज्ञात घटनाका सन्दर्भमा अधिकृत थापासँग केही कुरा बुझे र लगत्तै बैंकका प्रबन्धक समक्ष त्यसबारे थाहा भएका कुराहरू जानकारी गराए र यस्तो बदमासी गर्ने आफु मातहतका कर्मचारीहरुलाई कारबाही गर्न अग्रसरता देखाए । किनकि उत्त घटना भएको समयमा उनी विदा स्वीकृत गराइ भतिजिकाे विवाहमा नवलपरासी गएका थिए । यता कार्यलयका प्रबन्धक केही समयका लागि क्षेत्रीय कार्यलय तिर गएका थिए । प्रबन्धक र फाँट प्रमुख नभएको माैका छाेपि त्यो अबैध काम भएको स्पष्ट थियोे । आफ्नो अनुपस्थितिमा भएको उल्लेखित कार्य जसरी पनि निस्तेज बनाउन रानाले सबैलाई साथ लिई आफ्नो सक्रियता निरन्तर बढाउन थाले भारतीय ठेकेदारले यतिचाँडाे यति ठूलो रकमकाे काम सम्पन्न कसरी भयो भनेर बैंक प्रति राखेको जिज्ञासा र प्राप्त कागजातकाे स्क्यान कपि इमेल मार्फत पठाएपछि खुलेको याे अपराधीक घटना छताछुल्ल भएको थियो ।
यस घटनाका मुख्य योजनाकार जमानत ग्राहक धर्मराज भण्डारीले केही प्रलोभन देखाइ ताराप्रसाद काफ्ले मार्फत जमानत पत्र तयार गराइ फुरनाम्गेल शेर्पालाई दस्तखत कगजातहरु लगेका थिए । यसकाे पाेल खुलेपछि ठेक्काहरु रद्द भएका थिए । प्रस्तुत घटना बाहिरीए पछि बैंक केन्द्रीय कार्यालयबाट ५ जनाकाे टाेलि आई त्यसको छानबिन गरियो तर प्रतिबेदन आउन समय लाग्यो । यहीं अवधिमा प्रवन्धक वद्री सुवेदी र फाँट प्रमुख उमेश रानाले बैंकको हितमा असल नियतले सम्बन्धित ग्राहकबाट नयाँ धितो र आवश्यक कमिसन रकम जम्मा गर्न लगाई बैंककाे काराेबारलाई सुरक्षित बनाउन सफल भए अनि विवादित काराेबारकाे सन्दर्भहरु खुलाइ राय मागे तर माथिल्लो कार्यलयबाट राय दिनुकाे साटाे निर्दाेष कर्मचारीहरुलाई समेत मुछि विभागीय कारवाहि चलाउने नियतका साथ बैंक व्यवस्थापन अघि वढ्याे र उता नेपाल राष्ट्र बैंकलाई कारबाही अघि बढाउन पत्राचार गर्याे ।
राष्ट्र बैंकले CIB मार्फत अनुसन्धान गर्न लगाइ ने. रा बैंक कै जाहेरीले नेपाल सरकार पक्ष र प्रबन्धक सहितका कर्मचारी विभिन्न ग्राहक एवं सूचीकृत मूल्याकनकर्ता समेत २४ जनालाई विपक्षी बनाई किर्ते जालसाजीमा चल्नुपर्ने मुद्दा बैंकिङ कसुर अन्तर्गत चलायाे । CIB ले घटनामा सम्लग्न नभएका प्रबन्धक लगायत सबैलाई पक्राउ गरी फितलो अनुसन्धानकाे भरमा निर्दाेष कर्मचारी समेतलाई मुछेर आवश्यक प्रमाणहरु सिर्जना गरी ६० दिनकाे अनुसन्धान पछि उच्च अदालत पाटनमा मुद्दा चलायाे । साेही क्रममा पक्राउ परेकाहरुले कठाेर यातना र डर एवं त्रासकाे वातावरणमा बयान दिनु परेको कुरा पनि यहाँ स्मरणीय छ । अर्कातिर बैंक व्यवस्थापनले दाेषी ठहर गर्दै पूर्वाग्रही पूर्वक सबै कर्मचारीलाई विभागीय कारवाहि चलाइ कतिपय कर्मचारीहरकाे जागिर पनि खाेसियाे । जवकि उल्लेखित घटनाबाट बैंकलाई कुनै प्रकारको हानि नाेक्सानि समेत भएको थिएन । मुद्दा चल्नु अघिनै सबै ग्राहकहरुले छुटपुट रकम र नपुग डकुमेन्ट बुझाइ कैफियत सुधार गरी सकेका थिए भने सुनाैलाे खिम्तीले थप धितो दिई बैंककाे जाेखिम शून्य बनाइ सकेका थिए ।
उच्च अदालत पाटनले २०७६ सालमा फैसला गर्दा उल्लेखित घटनाको गहिराइमा पुग्दै नपुगि केवल अरुले पाेलेकाे आधारमा तथ्य र प्रमाण समेत नकेलाई बसेका कर्मचारी निर्दाेष हुँदाहुँदै दाेषी करार गर्याे ।फैसलामा बैंकलाई नाेक्सान मानि विगाे, विगाे बमोजिमको जरिवाना र साेहि अनुसार कैद सजाय ताेकियाे । याे भन्दा पनि अचम्मको कुरा के भयो भने विगाे बमोजिमको जरिवाना गर्दा त्यसको कुल परिणाम विगाे भन्दा वढि नहुने गरी स्थापित भएको नजिरलाई पूर्णत बेवास्ता गरियो । अर्कातिर अनुसन्धान अधिकारी समक्ष दिएको पाेल वयान शंकारहित तवरले पुष्टि गर्न सक्ने स्वतन्त्र आधार प्रमाण विना नै शुरु अदालतले पूर्वाग्रही र त्रुटिपूर्ण ढंगले फैसला गर्याे ।
साेहि मुद्दामा प्रतिवादीहरुले पुनरावेदन गर्न शतप्रतिशत धितो जमानी दिई सर्वोच्च अदालतकाे चाैखट टेके । यस विचमा ग्राहकले २ कराेड भन्दा बढी दायित्व आफैंले फछ्र्यौट गरेको बाँकी सवा कराेडकाे दायित्वलाई बहन गर्ने जेथा जमानी करिव ३ कराेडकाे बैंकले अधिनमा रहेको बेहाेरा खुलाइ बैंकले अदालतमा प्रस्तुत गरेको मिति २०८०/१२/२१ काे पत्रलाई सर्वोच्च अदालतले २०८१ भाद्रमा अन्दाज गर्दै उच्चकाे फैसला मिलेकै देखियाे भनि तथ्य, प्रमाणकाे मूल्यांकन नै नगरी दिएको फैसलाले निर्दाेष कर्मचारीहरु माथि पुगेकाे अन्याय मात्र नभइ अपुरणीय क्षति बन्न पुग्यो । घटेको विगाे पनि नदेख्ने र बैंकलाई विद्यमान धितो धराैटबाट बैंकले किन असल उपर नगरेकाे भनि साेध्न पनि नसक्ने याे न्यायालयले साँच्चिकै आँखामा पट्टी लगाएर बसेकाे हुनाले सत्य तथ्य देख्न नसकेको हाेकि ?
अदालतको पछिल्लो फैसला हेर्दा अभियुक्तहरुले शंकाकाे सुविधा पाउनु पर्थ्याे तर यसकाे उपयोग न्यायालयले गरेको देखियाे । हाम्रो न्याय प्रणाली यति कमजोर हुनुमा सत्ताकाे लाचार छाँया जति दाेषी छ त्यो भन्दा वढी अनुचित लाभको प्रभाव देखिन्छ । सयाै अपराधी छुट्छन भने छुटुन तर कुनै निरपराधले सजायको भागिदार हुनुहुन्न भन्ने कानुनी मूल्य र मान्यतालाई जीवित राख्न नसक्ने हाम्रो कानुनी व्यवस्थाकाे उपहास हुने र स्वतन्त्रता एवं निष्पक्षताकाे धज्जी उड्नेमा शंका छैन् ता पनि न्याय पाउने विश्वासमा पुनरावलोकन पत्र दर्ता गराएर वन्दी जीवन विताइ रहेका यी निर्दाेष पात्रहरूले अरुले गरेको अपराधकाे कारण अन्नमा घुन पिसिएकाे र दर्भाग्य बस नखाएकाे विष लागेको अवस्था हुदाँ यि निर्दाेष पात्रहरु न्याय पाउने विश्वास मा छन् । यिनको आशा र भराेसा नटुटाेस । न्याय मरेको छैन् भन्ने सन्दर्भ छन् । हाम्रो न्यायलय सक्षम हाेस भन्ने कामना छ । संयाेग कस्तो भने अदालतले मुद्दा छिन्नु अघि संलग्न कर्मचारी काफ्ले र शेर्पाकाे निधन भएको र साेही ठेक्का रिजेक्ट हुदा यिनै सुनाैलाे खिम्ती कन्स्ट्रक्सनले हात पार्याे र अहिले उक्त परियोजनामा सम्पन्न भइसकेका छन् ।

