काठमाडौं । अमेरिकामा गाडीको ठक्करबाट एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपाने घर भई हाल अमेरिकाको टेक्सासको राजधानी अस्टिनमा रहेका २० वर्षीय ओपेन्द्र बोहराको मृत्यु भएको हो ।
अस्टिनको सेभेन इलाभेनमा कार्यरत बोहरा नाइट ड्युटी सकाएर अमेरिकाको शुक्रवार बिहान र नेपाली समय अनुसार शुक्रवार बेलुकी पैदल हिडेरै कोठा फर्किने क्रममा गाडीले ठक्कर दिएको थियो ।
लगत्तै उपचारका लागि प्रहरीले अस्पताल पुर्याए पनि नेपाली समय अनुसार आज बिहान उपचारको क्रममा बोहराको मृत्यु भएको हो ।
बोहरालाई ठक्कर दिने गाडीको पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको बोहराका आफन्तले बताएका छन् । बोहरा ८, ९ महिना अघि मात्र अमेरिका गएका थिए । उहाँकाे एक साता अघि मात्र ग्रिन कार्ड एप्रुभ भएकाे बताइएको छ ।

