२५ भदौ २०८३, बिहिबार Thu Sep 10 2026

गायिका जुनु गौतमको “यो माया ” बोलको गित सार्वजनिक



काठमाडौं। गायिका जुनु गौतमको नयाँ गीत ‘यो माया’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा श्रोताको उल्लेखनीय माया पाएको छ।

जीवन अधिकारीको शब्द संगीत र बिपिन आचार्यको संगीत संयोजन रहेको यो गीतमा प्रेमका भावहरुलाई रमाइलो र नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ।

भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र क्रिस बमको आकर्षक अभिनय देख्न सकिन्छ। गीतलाई विशाल कैनीले कोरियोग्राफी र निर्देशन गरेका छन्।

सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा १ लाख ३० हजारभन्दा बढी पटक हेराइ पाएको छ। प्रेम र नृत्यको समिश्रण रहेको यस गीतमा दर्शक छमछमी नाच्न सक्ने खालको रमाइलो लय भेटिन्छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : १९ बजे