गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण कार्यक्रम पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ ।
लिस्बोन पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको सपथग्रहण कार्यक्रम पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ ।
एनआरएन पोर्चुगलको दशौ महाधिवेशनबाट निर्वाचित अध्यक्ष दीपा काफ्ले लगायत सम्पुर्ण कार्यसमितिका पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक गम्बिरजङ्ग गुरुङ्गले पद तथा गोप्यनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
यहि जुलाई 6 तारिखमा लिस्बोनमा सम्पन्न महाधिवेशनमा धेरै पदमा निर्बिरोध उमेदवारहरु निर्वाचित भएका थिए भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने चुनाव गर्नु परेको ले सपथग्रहण कार्यक्रम ढिलो हुन गएको संयोजक गुरुङ्गले बताउनु भयो ।
गैरआवासीय नेपाली संघको केन्द्रिय सचिव तिलक प्रसाद गैर्हेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनसम्पर्क मन्च पोर्चुगलका अध्यक्ष युवराज पन्थी , जन प्रगतीशिल मन्चका अध्यक्ष रेशम बस्नेत गैरआवासिय नेपाली संघ युरोप उपसंयोजक माधव पोख्रेल लगायतको उपस्थिति रहेको थियो। नवनिर्वाचित आइसिसी सदस्यहरु राजकुमार गुरुङ्ग, बिनोद बुढाथोकी र सरिता शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ भने कार्यसमितिमा अध्यक्ष दीपा काफ्ले उपाध्यक्षहरु प्रेम बहादुर बुढाथोकी, गणेश गुरुङ्ग , शिवराज राई, नृपेश गिरि, सुदन निउरे, बिष्णु बहादुर घर्ती र सरस्वती खनाल तिमिल्सिना, महिला उपाध्यक्ष मा पेमा डोल्मा शेर्पा निर्वाचित हुनु भएको छ ।
त्यस्तै महासचिवमा गोबिन्द बुढाथोकी सचिवहरु सुरज भण्डारी, पुस्करराज जोशी र सुवास पौडेल निर्वाचित हुनु भएको छ । महिला संयोजक खगिसरा न्यौपाने युवा संयोजक पेम्वा शेर्पा, लेखा संयोजक सुरेश गिरी लगाएत निर्वाचित हुनु भएको छ ।

