२६ जेष्ठ २०८३, मंगलबार Tue Jun 9 2026

गैरआवासीय नेपाली संघ पोर्चुगलको दशौ महाधिवेशनबाट दीपा काफ्ले निर्वाचित



पोर्चुगल। गैरआवासीय नेपाली संघ पोर्चुगलको दशौ महाधिवेशनबाट दीपा काफ्ले निर्वाचित भएकी छन ।त्यस्तै कोषाध्यक्षमा अशोक जोशी निर्वाचित भएका हुन ।

यहि जुलाई 6 तारिखमा लिस्बोनमा सम्पन्न महाधिवेशनमा धेरै पदमा निर्विरोध उमेद्दवारहरु निर्वाचित भएका थिए भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने चुनाव भएको हो ।

अध्यक्ष पदका प्रत्यासी  ५ जना  रहेका थिए भने कोषाध्यक्ष पदमा २ जनाको उम्मेद्बारी परेको थियो ।

महाधिवेशन पश्चात् सहमतिको वातावरण बनाउन कोसिस गरे पनि सहमती हुन नसकेको निर्वाचन समितिका संयोजक गम्भिरजङ्ग गुरुङ्गले बताए ।

सहमती हुन नसकेकोमा दु:ख व्यक्त गर्दै यहि जुलाई 19 तारिखमा चुनावबाट निर्ष्कष दिनु परेको संयोजक गुरुङ्ग को भनाई छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १२ : २६ बजे