२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीयसहित ७ जना विरुद्ध भ्रस्टाचार मुद्दा दायर



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

हालका सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारलाई भ्रष्टाचार मुद्दा लागेसँगै निलम्बनमा परेका छन्।

परियारसहित काठमाडौं महानगरपालिकाका निर्देशकहरू बसन्त आचार्य, नमराज ढकाल, शिवराज अधिकारी, रविनमान श्रेष्ठ, सहायक निर्देशक उत्तम दाहाल, इञ्जिनियर जनार्दन गिरी सहित ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारको आरोपपत्रमा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ६ : ३५ बजे