१० जेष्ठ २०८३, आइतबार Mon May 25 2026

पतञ्जली जग्गा प्रकरणमा सुर्यविनायक नगरका मेयर थापा दोषी सहित स्वतः निलम्बित



काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि भक्तपुरको सूर्यविनायकका मेयर बासुदेव थापा निलम्बित भएका छन्। पतञ्जलीको हदबन्दीभन्दा बढीको जग्गा खरिद गरेका मेयर थापालाई भ्रष्टाचारको अभियोग लागेपछि स्वतः निलम्बनमा परेका हुन्।

६१ वर्षीय थापा नेकपा एमालेबाट सूर्यविनायकको मेयरमा निर्वाचित थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

साँगामा पतञ्जली हदबन्दी भन्दा बढी खरिद गरेको साढे ७ रोपनी जग्गा थापाको नाममा भेटिएपछि थापा भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका छन्।

भ्रष्टाचार काण्डमा मुछिएपछि थापाले मेयरको हैसियतमा काम गर्न नपाउने भएका हुन्।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १ : ५८ बजे