२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा कांग्रेसकी सांसद माया राई पक्राउ



काठमाडौं। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेकी छिन्। जीवी राई जोडिएको उक्त सहकारीमा राईको आवद्धता भेटेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई कपनबाट पक्राउ गरेर

सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन्। प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेर काठमाडौं परिसरमा लगिएको छ।

स्वर्णलक्ष्मी सहकारीको सञ्चालकको हैसियतमा मायाको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनलाई पक्राउ नगर्दा गृहमन्त्री रमेश लेखकको चर्को आलोचना भएपछि शनिबार प्रहरीले मायालाई नियन्त्रणमा लिएको हो। भोजपुरकी माया पहिलोपटक समानुपातिक सांसद बनेकी हुन्।

जीवी राईको सहकारी प्रकरणमा माया पनि मुछिएकी छिन्। मायाको सांसद पद निलम्बन हुने भएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ४८ बजे