२८ असार २०८३, आइतबार Sun Jul 12 2026

सिंहदरबार पुगेका शिक्षक प्रतिनिधि मन्त्रालय प्रवेश नै नगरी फर्के



काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएका शिक्षक महासंघका प्रतिनिधि मन्त्रालय नपुगी नै फर्किएका छन्।

शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए। यसै क्रममा शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा मन्त्रालयतर्फ गएको थियो । तर, टोली मन्त्रालय प्रवेश नगरी नै फर्किएको हो।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत भेट नगरी फर्किएको जानकारी दिएका छन् । ‘आज मिति २०८२ साल वैशाख १२ गते नवनियुक्त माननीय शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर, विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी गराउँछौं,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : ५४ बजे