२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

उर्जा राज्यमन्त्री कान्छाराम बर्खास्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ( कान्छाराम )लाई बर्खास्त गरेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै असन्तुष्टि जनाएपछि तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।

कुलमानको बचाउ गरेकै कारण प्रधानमन्त्री ओली र उर्जामन्त्री दीपक खड्कासँग समेत उनको सम्वन्ध विग्रिएको थियो ।

गृहमन्त्री रमेश लेखकले मन्त्री तामाङलाई बुधबार राजीनामा दिन सुझाएका थिए। तर, राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।

#palikasamaya

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ०८ बजे