२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

सत्तारुट गठबन्धनमा समस्या आएपछि बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक



काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ।

सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसको यो आकस्मिक बैठक जारी रहेको हो ।

बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासमा जारी रहेको हो ।

केपी ओली नेतृत्वको सरकार प्रति देखिएको असन्तुष्टि पछि कांग्रेसले छलफलमा डाकेको हो ।

हिजो साँझ दुइ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १ : ०७ बजे