बैशाख १७, २०८२ बुधबार Thu May 1 2025

भाषा जोगाउँदै लैजानुपर्नेमा सभापति देउवाको जोड



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरूलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरू हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।

संसारभरका मान्छेहरू आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरूलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे । 

कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमबासीले देउडाखेल खेली हर्षोल्लासका साथ विसु पर्व मनाएका थिए

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३० बजे